Breaking

विद्युतीय सवारीलाई निरुत्साहित गरेको कुरा झुटो हो: अर्थमन्त्री महत


काठमाडौँ — अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको बताएका छन् । सरकारले इन्ट्री लेभलका र नेपालमा धेरै आयात भएर प्रयोगमा रहेका ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार अन्तःशुल्क बढाएको छ । यसले निजी प्रयोजनका विद्युतीय सवारी करिब २५ प्रतिशत महँगो हुने अवस्था बनेको छ । सार्वजनिक विद्युतीय सवारीमा पनि सरकारले कर बढाएको छ ।

महँगा विद्युतीय गाडीमा सरकार उदार देखिएपछि बिजुली गाडी प्रवर्द्धनको नीतिबाट सरकार पछि हटेको भन्दै आलोचना भएपछि अर्थमन्त्री महतले यसमा सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘बजेटको धेय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने हुँदै होइन, यो झुटो हो ।