Breaking

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता


काठमाडौँ— रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए ।