Breaking

घाँस काट्न गएकी अप्सरा सदाका लागि घर फर्किनन्


काठमाडौँ — भिरबाट लडेर धादिङमा आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । प्रहरीका अनुसार सोमबार घर नजिकै जंगलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।