Breaking

निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाको ‘प्रारम्भिक निर्वाचन जारी’


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन क्षेत्र समिति गठनका लागि आज प्रारम्भिक निर्वाचन गरिरहेको छ ।

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मोबाइल एपबाट भइरहेको मतदान बिहान ७ बजे सुरु भएको हो । बेलुकी ७ बजेसम्म जारी रहने मतदान आगामी २० गतेसम्म हुनेछ ।

निर्वाचन क्षेत्र समितिमा रहन देशभरबाट ११ सय ९४ जनाको उम्मेदवारी परेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १५४ क्षेत्रबाट उम्मेदवारी परेको र बाँकी ११ वटा निर्वाचन क्षेत्रबाट भने उम्मेदवारी नपरेको उनले बताए ।

कूल ८२५ पदका लागि ११ सय ९४ जनाको उम्मेदवारी परेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । निर्वाचन क्षेत्र समिति गठन गर्नका लागि ‘जान्नेहरूमध्ये सर्वोत्कृष्ट छान्न’ प्रारम्भिक निर्वाचन गरिएको रास्वपाले जनाएको छ ।