समाचार

सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज लाई पेसी तोकिएको छ ।

मंगलबार मुद्दाको अन्तिम फैसला आए सन्दीप कि कारागार फर्किने छन् कि मैदान । तर मंगलबार पनि अन्तिम फैसला हुन नसके सन्दीपलाई कानुनी अप्ठेरो छ ।

सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ । जिल्ला अदालत काठमाडौँमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ ।