काठमाडौँ — योहो टेलिभिजन ‘एचडी’ चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा योहो टेलिभिजनको प्रसारण आरम्भ भएको थियो ।योहो टेलिभिजन संधै देश, जनता र सुसंस्कृत समाज निर्माणको पहरेदार बनेर प्रसारण हुँदै आएको छ । समयको रफ्तारसंगै नेपाली टेलिभिजन आकाशमा एक फरक र पृथक टेलिभिजनको रुपमा योहो टेलिभिजन स्थापित छ ।
यस टेलिभिजन स्थापनाको पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७६ जेष्ठ १५ गते गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारी स्थापना भएको योहो टेलिभिजनले भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने, सुसंस्कृत समाज निर्माणमा सहयोग गर्ने, राष्ट्र र राष्ट्रियताका सवालमा संधै निर्भिक उभिने योहो टेलिभिजनको स्थापना काल देखिकै लक्ष्य हो । आफ्नो लक्ष्यप्रति अडिग रहँदै तथ्य सहितको निष्पक्ष समाचारका लागि बुलन्द प्रसारण सामग्री प्रसारण गर्ने कार्यमा योहो टेलिभिजन सफल बन्दै गएकोमा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले खुसी व्यक्त गरे ।
सोमबार बार्षिक उतसवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले पत्रकारहरुलाई आचारसंहिताको पूर्ण पालना गर्दै निष्पक्ष कलम चलाउन आग्रह समेत गरे । संधै जनताको पहरेदार भएर उभीन पनि संचारकर्मीहरलाई आग्रह गरे । चौथो वार्षिकोत्सवको अवसरमा टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएको भन्दै दर्शक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
पाँचौँ वर्ष प्रवेशको अवसरमा टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । पढ्न, हेर्न र सुन्न सकिने योहो टेलिभिनज, योहो खबर डटकमले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर इमान्दार प्रयासबाट टेलिभिजन, अनलाइन मिडियाहरुको भिडमा आफूलाई फरक देखाउने प्रयास गरेको छ ।
यस अवधिमा दैनिक बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म समाचार बुलेटिन, समसामयिक विषयबस्तुमा ‘टक शो’ नियमित प्रसारण हुँदै आएको छ । अनलाइन समाचारमा पनि भिडियोलाई प्राथमिकता दिइएको छ ।फेसबुक लाइभ र युट्युबमा पनि दर्शक, स्रोताको संख्या बढ्दै गएको छ ।
प्रतिक्रिया