काठमाडौँ — आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।
यद्यपि सरकारले चालु आर्थिक वर्ष २०७९/८० को भन्दा कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया