Breaking

समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले लिइन् शपथ


काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सोमबार सभामुख देवराज घिमिरेले संसद सचिवालय सिंहदरबारमा सांसद कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत चैतमा डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसदबाट हटाएको थियो । उनकै ठाउँमा रास्वापले एसिड आक्रमणमा परेकी बिन्दबासिनी कंसाकारलाई सांसदमा सिफारिस गरेको थियो ।