देश

श्यब्रु विधामा विश्व किर्तिमान


काठमाडौँ– आधुनिक शैलीमा भाषा धर्म र संस्कृतको जगेर्ना भन्ने उदेश्यले स्थापना भएको शेर्पा ईभेन्ट अर्गनाइजर नामक सामाजिक संस्थाले मिती २०७८ साल कार्तिक २ गते पिकहरु मध्य विस्वाकै सुन्दर र अग्लो मेरा पिक हाइक्याम्पमा ५८०० मिटर आग्लो स्थानमा आयोजना गरिएको THE  HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रममा सहभागी सम्पुर्ण कलाकार सदस्यलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनले यही मिती २०८० साल जेष्ठ १३ गते सनिवार आधिकारिक प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउपालिकामा अबस्थित मेरा पिक टद्धठट मिटर अग्लो हिमालमा अवस्थित छडण्ण् 5800 meter (19,028.87 ft) High camp मा छायाँङ्कन गरिएको हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सर्बजनिक गरिएको छ आफ्नै मौलिक पहिचानको गीत संगीत श्यब्रु नृत्य कार्यक्रम आयोजना गरी वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन उनी सफल भएको छ ।

म्युजिक भिडियोको छायांकनका लागि काठमाडौँबाट १५ जना युवा सोलुखुम्बुको महाकुलुङ गाउँपालिमा कार्तिक २३ गते पुगेका थिए । उक्त परियोजनामा ७ जिल्लाका १५ जना युवाहरु सहभागी भएकोमा सोलुधुकुन्डा नगरपालिका–२ मोपुङ, सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरि फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका थिए।