Breaking

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।
आइतबार बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ ।

बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएको छ ।

दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् । मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् ।