Breaking

ओलीको पक्षमा प्रचण्ड, जलहरी सामसुम भो, रवि भन्छन्, – भ्रष्टाचारीलाई किनारा नलगाई छाड्दैनौँ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपति जलहरी प्रकरणबारे संसद बैठकमा उठेको विषयलाई रेकर्डबाट हटाउन तयार भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भयो । प्रधानमन्त्री प्रचण्डले बोलेसँगै सभामुख देवराज घिमिरेलाई यो विषयलाई रेकर्डबाट हटाउन सचिवालयलाई रुलिङ् नै गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यो प्रकरणको विषयलाई रेकर्डबाट हटाउनेवित्तिकै लचक भएर संसद बैठक सुचारु हुन दिनुले अनेक प्रश्न उब्जिएको छ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले बुधबारसंघीय संसदमा भ्रष्टचार काण्डको फेहरिस्त खोले ।

उनले खोलेको ठेलीमा एमालेसँग जोडिएका अर्थात एमाले खुईल्याउने भ्रष्टचारका काण्डहरु थिए ।सांसद दाहालले चर्को स्वरमा काण्डहरुको नाम लिँदा कतै न कतै एमाले अध्यक्ष ओली जोडिन्थे । किन भने ओली पनि यो मुलुकको कार्यकारी हैसियतमा बसेर राजकाज गरिसकेका नेताहुन् । भलै अहिले एमाले प्रतिपक्षमा छ । माओवादी सांसद दाहालले संसदमा उभिएर खोलेको फायरमा यति देखि ओम्नी, वाइडबडी हुँदै स्वास्थ सामग्री र पशुपतिको जहरीमा पुगेर भ्रष्टचारको काण्ड टुङिन्छ ।

उनले ओलीलाई लक्षित गर्दै हाक्काहाकी रुपमा अगाडी उभिएर पुशपतिको जहरी सुनको भनि पितल हालेर भ्रष्टचार गरेको आरोप लगाउँछन् । यति ओम्नीको विषयले एमालेको टाउँको दुख्दैन तर हिन्दुहरुको आस्थासँग जोडिएको भगवानको शिरमा राखिएको जलहरी पितलको राखेर भ्रष्टचार गरेको भनेपछि पिरोलिएको एमालेले संसदनै अवरुद्ध गर्छ ।

शुक्रवार एमालेले संसद अवरुद्ध गरेपछि शनिवार तीन ठूला दलका नेताहरु तारन्तार बैठक बसेर यो कुरा मिलाएकाछन् । सांसद दाहालले बोलेको सम्वाद संसद रेकर्डबाट हटाउने सहमति भएपछि एमालेलेसंसद सुचारु गर्न सहमत भएको छ । यध्यपी एमाले यो हद सम्मलचक हुनुले प्रश्न उव्जिएको छ । बुधबारआफुहरु माथि गम्भीर आरोप लागेपछि भतभति मन पोलेर शुक्रबार रोष्टम घेरेको एमाले शनिवारनै रेकर्ड हटाएकै भरमा नरम हुनुले दालमै केही कालो त छैन भन्ने संसय पैदा भएको छ । हैन भने धर्ममाथि जोडेर पार्टीका शिर्ष नेतामाथि प्रहार हुँदा एमालेलेरेकर्ड हटाएकै भरमा चित्त बुझाउनु पर्ने हो र ?

अक्सर दलियव्यवस्थाका हिमायती भन्ने तीन ठूला दलका शिष नेता, कांग्रेस, सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवदाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कालेकाले मिलेर खाउँ भाले भन्ने कुरामा सहमत हुने गरेको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछानेले तीन जनाले मुख जोडेर खासखुस गरेकै भरमा अहिलेका भ्रष्टचार काण्ड हरु सामसुन हुने गरेको टिप्पणी गरे ।

विषय पुरानै भएपनि बुधबार एकाएक संसदमा माओवादी सांसदको मुखबाट निस्किए पछि चर्चामा आएको जलहरी काण्ड नेपालमा भएका भ्रष्टचारको सूचीमा अटाउनु पर्ने अर्को एउटा ठूलो काण्ड हो ।यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति क्षेत्र विकास कोष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घान हाल्दिएकाछन् । नीति तथा कार्यक्रम र बजेट सँगै भारत भ्रमणको चटारोमा रहेका प्रचण्डले घुमाउरो भाषामा कोषबाटै गडबढी भएको संकेत गरेकाछन् ।

यध्यपी प्रधानमन्त्रीको संकेतलाई बल पुग्नेगरी कोषका कर्मचारीले जलहरी राख्दा मुचुल्कानै केरमेट गरेको सार्वजनिक भएको छ । महालेखा परिक्षकको कार्यालयले पनि जलहरीमा अनिमितता भएको औल्याएको छ । माओवादी सांसदले जलहरीको जाल एमालेलाई हान्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी यो जालमा तानिने देखिएको छ ।

०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए । पशुपति क्षेत्र विकास कोषका बहालवाला र तत्कालीन पदाधिकारीसहितको मिलिभगतमा जलहरीको करिब ११ केजी सुन गायब पारिएको आरोप छ ।