Breaking

देश र जनताको हितलाई हेरेर राष्ट्रिय सहमति गरौंः प्रधानमन्त्री दाहाल


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।

पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए । २०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको उनले दाबी गरे ।