काठमााडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम नलिने बताएका छन् । शनिबार रास्वपाको ललितपुर महानगर समितिको भेलामा सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएको बताए । भोट हाल्न अरु नेता नभएर होइन, पार्टी नभएर होइन ।
भ्रष्टाचार चाहिँ निर्मूल पार्नु पर्यो भनेर जनताले घण्टी बजाएका हुन्, उनले भने, जतिसुकै घेराबन्दी होस्, भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।
प्रतिक्रिया