Breaking

सुनको जलहरी विवादमा ओलीलाई जोड्नु उपयुक्त होइन: प्रधानमन्त्री दाहाल


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषले गरेको काममा विपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका हुन् । पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन ।

जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन अनुसन्धान भइरहेको छ । यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । प्रचण्डले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन ।