Breaking

जनमत पार्टीको समन्वय समितिको बैठक बस्दै


काठमाडौँ – जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाएको छ ।

सो बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताइएको छ ।

गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्दै आगामी साउन ६ गते हुने जनमत संग्रहको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा स्थानीय तहका प्रतिनिधिले गरेका कामको पनि समीक्षा हुने र त्यसको आधारमा अगामी कार्यकालको यात्र तय गर्ने बताइएको छ ।