Breaking

पशुपतिको जलहरीमा सुन भन्दै पित्तल लगाएर भ्रष्टाचार, संसद बैठकमै कुरा उठेपछि बाझाबाझ


काठमाडौँ — पशुपतिको जलहरीलाई लिएर अध्यक्षमाथि प्रश्न उठेपछिएमालेद्वारासंसद् बैठक अवरुद्ध, पटक–पटकको ताकेतामा पनि संसद बैठक बस्नै सकेन, अनीति तथा कार्यक्रम पारितहुन नदिने रणनीति भएको सत्तापक्षको आरोप । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयलाई लिएर त्यसको २ दिनपछि शुक्रबारको प्रतिनिधिसभा बैठक नेकपा एमालेले अवरुद्ध गर्यो । बुधबारको बैठकमा सांसद दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्टाचार गरेको आरोप लगाएका थिए ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम नै पारित हुन नदिने रणनीति अनुसार त्यहि विषयलाई मुद्दा बनाएर एमालेले बैठक अवरुद्ध गरेको सत्ता पक्षको आरोप छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो।तर, संसद् नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गर्दै वेल घेर्न थालेपछि बैठक अवरुद्ध हुन पुग्यो । त्यो पनि२ दिनअघि, गएको बुधबार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्तिलाई लिएर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि चर्को आलोचना गर्दै पुनर्लेखनको मागसहित पारित नै हुन नदिने बताएपछि जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको आरोप लगाएका थिए । उनले ओली प्रधानमन्त्री भएका बेला नेपालको बैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्टाचार गरेको आरोपसमेत लगाएका थिए ।

सांसद दाहालले केपी ओलीको पालामा भ्रष्टाचार भएको आरोप लगाउँदा बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरु सबै चुप बसे । कुनै प्रतिवाद गरेनन् । तर, जब नीति तथा कार्यक्रम पारित गर्ने तयारी हुँदै थियो, २ दिनअघिको विषयलाई लिएर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेका सांसदहरुलेआरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने बताउँछन् ।

जवाफमा सांसद दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो तलमाथि भएको भन्दै त्यसको जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिकोजलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्छन् । यो धार्मिक आस्थामाथिको प्रहार रहेको भन्दै उनले समितिगठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ याअख्तियारलाई सक्रियगराएर भएपनि यसबारेको अनुसन्धान अघि बढाउनुपर्ने तर्क गर्छन् ।

२ दिनअघि दिएको टिप्पणीलाई लिएर शुक्रबारको बैठक अवरुद्ध गर्नुको रणनीति नै नीति तथा कार्यक्रम पारित गर्न नदिने र संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्न अप्ठ्यारो स्थिति सिर्जना गर्ने रहेको सत्ता पक्षको आरोप छ । बजेट भाषणको पूर्व सन्ध्यामा नीति तथा कार्यक्रम पारित गर्न नदिने एमालेको रणनीतिमा शीर्ष नेताहरुबीच केही लेनदेनको बार्गेनिङ हुन खोजेको चर्चासमेत भईरहेको छ । उसो त महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा नै पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको एकिन विवरण नआएको विषय उल्लेख छ ।

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको थियो । प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो ।

९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो । १०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो । त्यहि विषय गएको बुधबार जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसदले उठाएपछि एमाले प्रतिवादमा उत्रिएको हो ।