Breaking

ओलीको ओरालो यात्रा,स्वकिय शरणार्थीमा,पशुपतीमा आफैं,रणनीतिमा पनि असफल,विदेशीको पनि निशाना


काठमाडौँ — कुनै वेला राष्ट्रवादी छविकै भरमा चुनाव जितेर झण्डै दुई तिहाई सरकारको नेतृत्व गरेको केपी शर्मा ओली अहिले प्रतिपक्षमा छन । आफ्नै कारण पार्टी फुट र निरन्तर ओरालो यात्रा व्यहोरेका उनीमाथि अहिले भ्रष्ट्राचारी संरक्षकको आक्षेप लाग्दा उनका रणनितिहरु समेत फेल हुदै गएका छन । जुन नक्कली भुटानी शरणार्थी प्रकरणपछिका दिनमा अझ छर्लङ बनेको छ । २०७२ सालको महाभुकम्पले थिलथिलो पारेको नेपाल र नेपालीका लागि घातक नाकाबन्दी गरेको भारतविरुद्ध केपी शर्मा ओली खरो उत्रिए । तत्कालिन समयमा प्रधानमन्त्री रहेका र यसैपनि मदेश आन्दोलनप्रति सकारात्मक नरहेका उनी त्यसैको आडमा भारतले गरेको नाकाबन्दीको विरोधबाट राष्ट्रवादी छविका नेता बने ।

फलत ःछिमेकीसंग स्वदेशीको शिर उच्च बनाउने हिम्मत ओली मै छ भन्ने भाष्य बनाएका उनको नेतृत्वलाई मात्र नभई कम्युनिष्ट गठबन्धनलाई नै आम नागरिकले पत्याउदा उनी दुईतिहाईको प्रधानमन्त्री बने । एमाले माओवादी एक भएर नेकपा बन्यो भने ओली प्रधानमन्त्री भएकै वेला चुच्चे नक्सा समेत पारित भयो । भलै उनले नयाँ नक्सा प्रकाशित पुस्तक वितरणमा रोक लगाए । यो विचमा उनको चुलिँदो व्यक्तित्वले घरघरमा पाईपबाट खाना पकाउने ग्यासको गफ देखि पानीजहाज र चुच्चेरेलप्रति पनि आम नागरिकले सद्भाव नै देखाए । आफ्नो लाज ढाक्नलाई विराटनगरमा केहि घरमा बाँडिएको पाईपको ग्यास र नचलाए घाटा चलाए अझ वढि घाटा वाला जनकपुर जयनगर रेलको खेललाई पनि नागरिकले ठिकै छ भनेर पत्याईदिए ।

तर उनको पेलानकै कारण नेकपा फुट्यो, संसद विघटन भयो । यति हुदाँ पनि उनको पक्षमा ठुलै जनसागर आयो । यद्यपी अदालतको निर्णयले उनको संसद विघटनको कदम बदर गरिदिएपनि ओली बा आईलभयू भन्दै हिड्नेहरुको कमी थिएन । उनले जे वोल्छन त्यसलाई भिजन भन्नेहरु कम थिएनन् ।

कोरोनाकालमा अम्बाको पात र वेसार पानी खाएर कोराना ढिक हुन्छ भनेर दिएको अभिव्यक्तिसमेत पत्याएका उनका समर्थकले यो वीचमा रअ प्रमुख सामन्त गोयलसँग भएको मध्यरातमा भेटेको विषयलाई समेत वेवास्ता गर्दै आएका थिए । अहिले हातमै आएको सत्ता गुमाएर प्रतिपक्षमा पुग्दा उनीमाथि भ्रष्टाचारी संरक्षकको ट्याग लाग्न थालेको छ । जसलाई देशभक्तहरूमाथि विदेशी शक्तिकेन्द्रको इसारामा षडयन्त्रपूर्ण आक्रमण भन्दै उनका नेताहरु बचाउमा उत्रिएका छन् ।

कोरोना महामारीमा पाहुना स्याहार्न व्यस्त उनका स्वास्थ्यमन्त्रीका कारण होस कि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा रक्षामन्त्री मुसिदा होस ओली चुप नै बसे । सत्तरी करोडको काण्डमै केहि नवोलेका उनी आफैपनि यति पोसेको प्रकरणमा जोडिए । तर एकातर्फ प्रश्नमाथि उठेका यतिका प्रश्न र पार्टी फुटको क्षती कम गर्दै दोश्रो पार्टी बनेको एमाले सत्तामा पनि पुग्यो । फेरिपनि संसद विघटन संवैधानिक दावी गर्ने ओलीकै हतारोका कारण एमाले दुई महिनामै सत्ताविहिन बन्यो ।

रन्थनिएका उनले संगठनभित्रका गतिरोध हटाउने र पार्टीलाई पुर्नजीवन दिन थालेको ग्रासरुटको हालत पनि उपनिर्वाचनमै देखियो । प्रधान्याधीस नियुक्तीमा अड्को थापेको आरोप खेप्दा नक्कली शरणार्थी प्रकरणले भाचिने तर नझुक्ने उनको स्वभाव वालुवाटार अघि नतमस्तक बन्यो । सोहि प्रकरणमा मुछिएका टोपबहादुरलाई आडभरोसा दिदा उनै फरार भएपछि अर्को प्रश्न खेपेका उनका स्वकिय सचिवसम्मै अहिले यो प्रकरणमा जोडिएका छन । जसलेउखान टुक्कामा माहिर उनलाई एक तिर टाल्दा अर्को तिर फाट्ने टुक्का चरितार्थ बन्दै गएको हो ।

निरन्तर ओरालो यात्रामा रहेको एमालेलाई शुक्रबारको संसद अवरोध पनि अर्को भारी पर्ने देखिएको छ । माओवादी नेता लेखनाथ दाहालले एमाले मुछिएका भ्रष्टचारको फेहरिस्त सुनाउदाकसैले याद नै नगरेको विषय एमाले आफैले अहिले चर्चा ल्याएको हो । जहाँ महालेखापरिक्षकको कार्यालयले प्रश्न उठाएको तथा मुद्धा नै परिसकेको विषयमा एमालेको यो कदमलाई कतिपयले नक्कली शरणार्थी प्रकरणको विषयान्तरकै रुपमा बुझेका छन । त्यस्तै अरु विषय छोडेर सुनकै विषयमात्र उछालिनुमाथि नै प्रश्न उठ्दा सरकारको निति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने दिन तथा बजेटको पुर्वसन्ध्यामा संसद अवरोध गर्नुको औचित्य पुष्टि गनुपर्ने अवस्था समेत आएको छ ।