देश

रोडिज यामाहा फिल्ड अडिसन: रोमाञ्चक साहसिक कार्य नेपालभर खुल्यो


काठमाडौँ — रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन नेपालका विभिन्न सहरहरु हुने भएको छ । रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन पहिलेको भन्दा ठूलो, भव्य र थप शक्तिशाली हुने आयोजकको दाबी छ । यो अडिसन देशको उल्लेखनीय विविधता झल्काउँदै सहभागीहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालभरका विभिन्न यामाहा शोरुमहरुमा हुनेछ । यामाहा शोरुमहरु भोलि जेठ १३ गते इटहरी, जेठ १४ गते हेटौँडा, जेठ १७ गते नेपालगन्ज, जेठ १९ गते पोखरा र जेठ २१ गते यामाहा ब्लू स्क्वायर काठमाडौँमा अडिसन हुनेछन् ।

यी अडिसनहरुमा सहभागीहरुले रोमाञ्चक चुनौतीहरुको सामना गर्नेछन् र निर्णायकहरुलाई प्रभाव पार्न आफ्ना सीमाका पर्खाललाई पनि धक्का दिनेछन्। अडिसनहरुले उनीहरुको साहस, दृढता, र टिमको रूपमा काम गर्ने क्षमताको परीक्षण गर्न डिजाइन गरिएको गहन शारीरिक र मानसिक कार्यहरुको शृंखला प्रस्तुत गर्नेछ । आकांक्षी रोडिजले आगामी सिजनमा स्थान सुरक्षित गर्न र रोडिज सिजन ५ को प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्ने मौकाको लागि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ । यतिमात्र नभई यामाहासँग आफ्ना सबै डाइ–हार्ड फ्यानहरुका लागि पनि कीिह विशेष छ ।

मिट एन्ड ग्रिट नामक भेटघाट सत्रमा प्रशंसकहरुले आफ्ना मनपर्ने रोडिज प्रतियोगीहरुलाई भेट्ने र नजिक हुने अवसर प्राप्त गर्नेछन् । यामाहा शोरुमहरु बर्दिबसामा जेठ १२ गते, चितवनमा जेठ १५ गते र जेठ १६ गते बुटवलमा हुने भेटघाट र अभिवादनसत्रले फ्यानहरुलाई रोडिजका ग्याङ लिडरहरु र होस्टहरुसँग अन्तरक्रिया गर्ने विशेष अवसर प्रदान गर्नेछ ।