Breaking

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस


काठमाडौँ — सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पहिला रोकिएको विधेयक नै प्रमाणीकरण गर्न लेखि पठाउने निर्णय भएको छ ।

संघीय संसदका दुवै सदनबाट दुईपटक पास भएर गएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेकी थिइन् । त्यो विधेयक प्रमाणीकरण गर्नु कानुनसम्मत हुने कि नहुने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि कानुन व्यवसायीसँग परामर्श गरेका थिए ।