Breaking

सत्तापक्षले संसद् चलाउन नचाहेको प्रतिपक्षको आरोप


काठमाडौँ — नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन् । शुत्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन् ।

सचेतक बर्तौलाले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मबार नभएको उनको भनाई छ ।