Breaking

नक्कली शरणार्थी प्रकरणमा भत्कियो सेटिङ,बढ्दै दवाव,आफ्ना बचाउन नसक्ने भएपछि शिर्ष नेताको निद हराम


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान बाहिर आउन थालेपछि अनुसन्धानको समयमा भन्दा यसको चासो बढेको छ । सेटिङमा हाईप्रोफाईल छुट्न सक्ने आशंकाका बीच प्रधानमन्त्रीले यो आफ्नो नियन्त्रणको कुरा नभएको बताउन बताउँदा धेरैलाई टाउको दुखाई बनेको छ । जहाँ नाम पोलिएका सवैलाई अनुसन्धानमा तान्न दवाव बढ्दो छ भने राजनीतिक फाईदा लिनसक्ने आशा प्रचण्डले पनि गुमाएका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडियामा आफ्नो नाम आएपछि खण्डन गर्नेहरु धेरैको नाम अहिले बयानमा देखिएका छन् । छताछुल्ल बनेको बयानले कसले कसलाई बचाउन कस्तो भूमिका खेल्यो भन्नेदेखि प्रमाण नपुगेको भन्दै छोडिएकाहरु कोको थिए भन्नेसम्म छर्लङ्ग बनेको छ ।

जसले आरोपीमाथिको अवको प्रक्रियामा कसै तलमाथि हुन नदिने दवाव बढ्दा छुट्ने आशामा बसेकाहरु झस्किएका छन । जहाँ नाममात्र मुछिएकाविरुद्ध प्रमाण खोज्नलाई प्रहरीलाई केहि समय लाग्ने देखिएपनि बाँचियो भन्ने उनीहरु पनि ढुक्क भएर बस्न पाउने अवस्थामा छैनन् । बयान बाहिरिएकै कारण प्रहरीका वहालवाला आईजिपि र अख्तियार दूरुप्रयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई समेत छानविनमा तान्नुपर्ने दवाव बढ्दै गएको छ ।

सदनमै आईजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको बताँउदै नो इफ नो बट सबैमाथि तुरन्त छानबिन हुनुपर्ने माग भएको हो । यसले मुद्धा बाहिर पर्न सफल भएको आशामा रहेकि आरजु राणा र मञ्जु खाँणलाईसमेत तनाव बढाएको छ । यो प्रकरणको लहरो बढ्दै जाँदा झस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको अनुसन्धानमै प्रश्न उठाउन थालेका छन् । आफ्नो पार्टीलाई निशानै बनाएर जबरजस्ती नाम भन्न लगाएको आरोप लगाएका उनले त्यसो भए सहेर नबस्ने धम्की दिन थालेका छन् ।

ओलीभन्दा थप संकटमा देउवा देखिन्छन । पत्नीको बचाउमा एक शब्द पनि खर्च नगरेका उनी आरजुको पछिल्लो आत्मविश्वासलाई समेत मानिसहरुले पत्याएको आशामा थिए । तर कांग्रेसभित्र जागेकी आरजु चुप लागेका वेला भागेकी मञ्जु पती खाँण भेटेर आएपछि धुम्बाराहिमा देउवासंग जाई लाग्न थालेकी छिन् । देउवा अव मन्जु र आरजु दुईओटै बचाउनुपर्ने बाध्यतामा पुगेका छन । यद्यपी टोपबहादुरले नै खाँणको नाम किटानी गर्नु र सचिवको मोवाईलमा प्रमाण भेटिनुले कागज खाएपनि मोवाईलको प्रमाण मेटाएपनि उनलाई बचाउन त्यति सहज देखिदैन ।

यता संरक्षणमा प्रधानमन्त्री नै लागेको. र यसको ढाकछोप गर्न हिजो फिल्म देखाउछु भनेका प्रचण्डले झुर फिल्ममा टारेको भन्दै व्यङ्ग कसेका रवि लामिछानेले ज्यान जोखिम राखेर जनयुद्द लडेका कमाण्डर अर्थात प्रचण्डको आँटमाथि नै पं्रश्न गरे । यो प्रकरण कसैको रहर वा बाध्यताले नभई अति भएर बाहिर आएको भन्दै कसैले कारबाही गर्छु वा गर्दिन भन्नेमा भर नपर्ने कुरा यसअघिबाटै उठेको थियो । ओलीले समेत प्रचण्डले हिरो हुन यसलाई प्रयोग गर्न खोजेपनि यो उनको सक्रियताको उपज नभएको बताएका थिए । तर उनै प्रचण्डलाई बारम्बार भेटेका उनी मध्यमार्गी बाटोबाट आफ्ना नेता बचाउन सकिने वा कम्तिमा यो लहरो त्यतिमै चुडिने आशमा थियो ।

सोहि आशमा देउवा देखिँदा प्रचण्ड यसमा सन्तुलनको राजनीति गर्दै सहज सत्ता सन्चालको आशामा थिए । तर पछिल्लो विकसित घटनाक्रमले उनीहरुको यो स्वार्थको सपनामा तुषारापात लागेको छ । प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका तथा फरार गरि ३० जना विरुद्ध आजै मात्र मुद्धा दर्ता भएको छ । उनीहरुमाथि ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिनुले नै बचाउमा लागि परेकाहरु थप तनावमा छन् । त्यसमा पनि चुडियो भनिएको लहरो आफैंतिर ताकिनु र स्थिती नियन्त्रणबाहिर जाने अवस्था आउनुले धेरै जनाको निद हराम हुने निश्चित छ ।