Breaking

शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ : रवि लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए । अहिले सरकार यस प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न पनि डराएको आरोप लगाए ।

ुजुनजुन निकाय यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण छैन । ज-जसको नाम आएको छ तिनलाई छानबिनको दायरमा पनि ल्याउन नसक्नेगरी सोधपुछ सम्म गर्न नहुनेगरी किन डराएको हो ? उनले भने ।

उनले सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिएकोव तर अहिले उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछ समेत नगरिएकोमा आपत्ति जनाए ।