Breaking

नक्कली शरणार्थी प्रकरण : आज अभियोजन दर्ता गरिँदै


काठमाडौँ नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणका प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा अभियोजन दर्ता गर्ने भएको छ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत १६ जना पक्राउ परिसकेका छन् भने पक्राउ पर्न बाँकी १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएको छ। तर थप अनुसन्धानको पाटो पनि खुला नै रहेको प्रहरीले जनाएको छ।

ती ३३ जना प्रतिवादीविरुद्ध आज अदालतमा अभियोजनपत्र दर्ता गर्न लागिएको हो । अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार पारेको छ।

यी हुन् ३३ प्रतिवादी

हिरासतमा रहेका १६ जना
१.नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

२. नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण

३. तत्कालीन गृहसचिव टेकनारायण पाण्डे

४. भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

५. तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई

६. हज समितिका अध्यक्ष शमशेर मियाँ

७. पूर्वसभासद् आङटावा शेर्पा

८. तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी

९. टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

१०. केशव दुलाल

११. सानु भण्डारी

१२. सन्देश शर्मा

१३. सागर राई

१४. टंक गुरुङ

१५. गोविन्द चौधरी

१६. रामशरण केसी

फरार १७ जना
१. राजेश अर्याल

२. हरिभक्त महर्जन

३. आशिष बुढाथोकी

४. पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापा

५. तत्कालीन गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज राई

६. केशव तुलाधार

७. अशोक पोख्रेल

८. लक्ष्मी महर्जन

९. धीरेन राई

१०. मोहन राई

११. दीपा हुमागाईं

१२. सुनिल बुढाथोकी

१३. विनिता लिम्बू

१४. निरञ्जन कुमार खरेल

१५. बचन झा

१६. रमा थापा

१७. गोकुल थापा

जम्मा– ३३ जना