Breaking

देउवा-ओलीलाई अझै रायमाझी र खाँणको चिन्ता, बचियो भन्नेको नालीवेली खोतल्दै प्रहरी (भिडियोसहित)


काठमाडौँ – नक्कली भुटानी शरणार्थीको ५८औ दिनमा अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको प्रहरीको प्रतिवेदनमा ३ मुद्धा लगाउन राय दिएको छ ।

जसमा राज्यविरुद्ध को अपराध,संगठित अपराध र ठगीमा मात्र कसुरलाई समेटिएको छ । तर शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा सञ्चालन गरेको समूहले सरकारी कागजात पनि कीर्ते गरेका थिए । २०७९ चैत १२ मा पक्राउ परेका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीको विद्युतीय उपकरणमा शरणार्थी परिचयपत्र भेटिएको थियो भने गृह मन्त्रालयबाट जारी भएको देखिने ती परिचयपत्र ‘नक्कली’ रहेको जवाफ गृह मन्त्रालयले प्रहरीलाई लिखित रूपमै दिएको छ । तर, ती परिचयपत्र नक्कली बनाएको कसुरमा सजाय गर्न प्रहरीले मागदाबी नै लिएको छैन ।

जसलाई ती परिचयपत्रको प्रिन्ट कपी फेला नपर्नु भएको बताएको प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकारदेखि श्रीमतीसम्मलाई अनुसन्धानमा तानेको छ । छोरा प्रतिक फरार भएका कारण बादल र उनकी पत्नीको हकमा तत्काल प्रमाण जुट्न नसकेपनि प्रमाण भेटिएको वेला उनीहरूविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

त्यस्तै नयाँ तथ्य फेला परे मुद्दा थप्ने र नयाँ व्यक्ति जोडिए मुद्दा लगाउने विकल्प खुला राखेको प्रहरीले सार्वजनिक पद धारण गरेका पूर्व र बहालवाला आरोपितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार र अन्यका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत थप अनुसन्धानका लागि लेखी पठाउन पनि सिफारिस गरिएको छ । यद्यपी कसलाई कस्तो मुद्धा चलाउने भन्ने अन्तिम निर्णय सरकारी वकिलको कार्यालयलमा निहित रहने छ । फलत : अन्तिम कसरतमा रहेको उसप्रति सवैको सडक देखि सदनसम्मबाटै चासो व्यक्त भएको छ । तर प्रमाण र तत्थ्यमा भन्दा कसैलाई नछोड्ने तामा तुलसीवाला वाचामा प्रधानमन्त्री देखि गृहमन्त्री अघि बढेका छन भने प्रहरीले पनि अनुसन्धान वारे जानकारी गराउने गरेको छैन । यसप्रति सदनमा प्रश्न उठाएका रास्वपाका सांसद मनिष झाले सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ नदिने बताएका छन ।