Breaking

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सपथ लिँदै


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पाँच महिनापछि बल्ल पूर्णता पाएको छ ।

मंसिरमा भएको आमनिर्वाचनपछि पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दा बल्ल पूर्णता पाएको हो ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । जसपाका वीरेन्द्र महतो वन तथा वातावरणमन्त्री र जसपाकै प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त हुनुभएको छ । योसँगै प्रचण्ड नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । तीन जना महिला मात्रै क्याबिनेट मन्त्री भएका छन् भने दलित र मुस्लिमको प्रतिनिधित्व नै भएको छैन ।