काठमाडौँ — विश्वका अधिकांश मुलुकले सञ्चालन गरीरहेको ‘हप अन हप अफ’ बस काठमाडौमा पनि सुरु भएको छ । पर्यटन क्षेत्रलाई लक्षित गर्दै हप अन हप अफ अर्थात सम्पदा घुम्ती सेवा सञ्चालनमा ल्याइएको हो । सम्पदा क्षेत्रको भ्रमण गर्न चाहाने पर्यटकसँगै सर्वसाधरणले समेत यो सेवा लिन सक्नेछन । लामो समयको कसरतपछि नेपाल सरकार र साझा यातायात प्रा.लिको संयुक्त पहलमा सम्पदा घुम्ति बस सेवा सुरु भएको छ ।
मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ललितपुर पुल्चोकमा औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सम्पदा क्षेत्र भ्रमणमा सहजता ल्याउने अपेक्षासहित यो सेवा सुरु गरिएको हो । तत्कालका लागि परीक्षण स्वरुप दुईवटा बसमार्फत सेवा सुरु भएको र यसलाई दिगो बनाउन र निरन्तरता दिने पक्षमा आफुहरु दृढ रहेको मन्त्री किरातीको भनाई छ ।
सम्पदा घुम्ति सेवाको सुभारम्भसँगै स्थानीय सरकार सम्पदा क्षेत्रको प्रचार र प्रर्वद्धनमा थप मद्धत पुग्ने आशामा छन । कम समय, सहज यात्रा सहित सहुलियत रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुले सम्पदा क्षेत्रको भ्रमण गर्न पाउनु आफैमा उत्साहित विषय भएकाले यो सेवालाई दिगो र परिस्कृति बनाउन स्थानीय सरकार सहकार्य गर्न सदा तत्पर रहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित सुरु भएको हप अन हप अफ टुरर्स अर्थात सम्पदा घुम्ति बस सेवा मार्फत विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सञ्चालन हुनेछ ।
परीक्षणकाल साथै केहि नीतिगत समस्याका कारण तत्काल शुल्क भने निर्धारण भएको छैन । भाडा निर्धारण नहुन्जेल बस सेवा नि.शुल्क सञ्चालन हुनेछ । तत्कालका लागि साझाका दुई वटा विद्युतीय बस सम्पदा बसका रूपमा चल्ने छन् । प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया