Breaking

दुबै खुट्टा गुमाएका हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत, पर्यटनमन्त्री सुदन किँराती भावुक बने


काठमााडौँ — दुबै खुट्टन गुमाएर पनि सगरमाथाको चुचुरोमा पुग्न सफल हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ । सथरमाथा आरोहणपछि काठमाडौं आएका बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले भव्य स्वागत गरेको छ । स्वागत कार्यक्रममा मगर समुदायले झाँकीसमेत प्रस्तुत गरेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेर रोल्पाका हरि बुढामगरले अपाङ्गता भएका व्यक्तिले पनि साहसिक काम गर्न सक्छन् भन्ने संसारलाई देखाईदिए ।

ब्रिटिस सेनामा रहँदा सन् २०१० मा तालिवानको एम्बुसमा परेर दुबै खुट्टा गुमाएका बुढामगरले ५ वर्षअघि सगरमाथा चुम्ने कुरा गर्दासमेत धेरैले पत्याएका थिएनन् । तर उनै बुढामगरले शुक्रबार दिउँसो सर्वोच्च शिखर चुम्न सफल भए । शिखर चुमेको ४ दिनपछि काठमाडौं आईपुगेका उनलाई सरकारले काठमाडौंमा भव्य स्वागत गरेको छ ।

उनको स्वागतमा मगर समूदायले झाँकीसमेत प्रस्तुत गरेको थियो । घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती पनि पुगेका थिए । त्यसक्रममा उनले विश्व किर्तीमानी राख्न सफल बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द आफूसँग नरहेको बताए । उनले गरेको कामको साथमा सरकार सदैव रहेको भन्दै उनले बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिएकोमा खुशी व्यक्त गरे ।

सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका बुढामगरले एम्बुसमा परेर २०१० मा दबै खुट्टा गुमाउनुपर्दा जीवन नै सकिएजस्तो महसुस गरेका थिए । तर, आँट गरे जस्तोसुकै कठिन काम पनि गर्न सकिने रहेछ भन्ने उदाहरण बन्न उनी सफल भएका छन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गरेका छन् ।

योसँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ अर्थात (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गर्नसमेत सफल भएका छन् । उनको नाममा सगरमाथामाथि स्काइ डाइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि रहेको छ । कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्याउँदै भनेका थिए, ‘हामी सफल भयौँ ।’ सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर) लगायतका आरोहण गरिसकेका छन् ।