काठमाडौँ — पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफु नक्कली शरणार्थी प्रकरणनमा आफू संलग्न नभएको जिकिर गरेका छन् ।नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई बयान दिने क्रममा उनले कतिपय अधिकार प्रत्यायोजन गरिएको भन्दै अभिलेख राख्ने जिम्मेवारी प्रशासनिक प्रकृतिको हुने भनी सचिवलाई त्यसबारे बुझ्न आग्रह गरेका हुन् ।
मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरेको हुन्छ, तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ’ उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो– ‘एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन ।
मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो ।’
उनले आफूले भुटानी शरणार्थीहरुलाई मानवीय रुपमा निकै सहयोग गरेको दावी गर्दै नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको जिकिर समेत गरेका छन् ।
प्रतिक्रिया