Breaking

च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला


काठमाडौँ – नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।

दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए । ढकालका अनुसार, एमालेले सुरू गर्न लागेको एक वर्षे अभियानबारे जानकारी दिन भेला बोलाइएको हो ।

२३ वटै जनसंगठनको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेकाले पनि प्रशिक्षणात्मक भेला राखिएको उनले बताए ।