Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सगरमाथा आरोहणमा प्रतिस्पर्धा : विश्व रेकर्ड कायमै राख्न पासाङ दावा र कामीरिताको होड

हिमालमा दुई शेर्पाको प्रतिस्पर्धा


काठमाडौँ – सबै क्षेत्रमा प्रतिस्पर्धा भइरहेको समयमा सगरमाथा आरोहणमा पनि प्रतिस्पर्धा सुरू भएको छ ।

केही समय अघिसम्म विश्व रेकर्डमा सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने आरोहीको रूपमा सोलुखुम्बु थामेका कामीरिता शोर्पाको नाम चर्चामा रहेको थियो । उनै कामीरितालाई टक्कर दिँदै जिल्लावासी खुम्बु पासाङ ल्हामु गाउँपालिका- ४ पाङबोचेका पासाङ दावा शेर्पाले २७औं पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान बराबरी गरेपछि यी दुईबीच प्रतिस्पर्धा सुरू भएको हो ।


आफ्नै विश्व रेकर्ड पासाङ दावा शेर्पाले तोडेपछि पुनः आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न कामीरिताले सोमबारदेखि नै २८ औं पटक सगरमाथा आरोहण सुरू गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

कामीरिताले आफ्नै विश्व रेकर्ड तोड्दै शेर्पाले जेठ ३ गते २७औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । पासाङ दावा शेर्पाले सोमबार २७ औं पटक सगरमाथा आरोहण गरी कामीरितासँग कीर्तिमान बराबरी गरेका हुन् ।


सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान कामीरिताको नाममा छ । उनले सन् २०१८ मा २२औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

२०५१ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ । कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका सिनियर गाइड हुन् ।

नेपालले यो वर्ष सगरमाथा आरोहणका लागि ४६७ जना पयर्टकहरूलाई अनुमतिपत्र जारी गरेको छ । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढीले आरोहण गरिसकेका छन् । यसक्रममा कम्तीमा ३२० जनाले ज्यान गुमाएको तथ्यांक छ ।