Breaking

जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने


काठमाडौँ – सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यही जेठ १२ गतेका लागि बैठक बोलाइएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्ने उनले बताए । केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन। मधेश सरकारमा भने ऊ आफू पनि सहभागी छ ।

उनका अनुसार बैठकमा चुनावी समीक्षा पनि हुनेछ। गत वैशाख १० गते बारा २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिए पनि हारेको थियो । यस्तै बैठकमा पार्टीका संगठनसम्बन्धी रहेको नेता साहले जानकारी दिए ।