Breaking

काभा महिला भलिबल : नेपाल आज बंगलादेशसँग भिड्दै


काठमाडौँ – काभा महिला भलिबल च्यालेन्ज कपमा घरेलु टोली नेपाल आज बंगलादेशसँग खेल्दै छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने नेपाल-बंगलादेश प्रतिस्पर्धा दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको आयोजक नेपाल आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ।

नेपालले आज पनि जिते एक खेलअगावै सेमिफाइनलमा पुग्नेछ। 

उता लिग चरणको पहिलो खेलमा भारतसँग सोझो सेटमा पराजित बंगलादेश पहिलो जितको खोजीमा हुनेछ। बंगलादेश नेपाललाई हराउँदै अन्तिम चारमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ। 

च्यालेन्ज कपमा आज लिग चरणका चार खेल हुनेछन्। पहिलो खेलमा समूह एको किर्गिस्तानले भारतको सामना गर्नेछ। खेल बिहान १० बजे सुरु हुनेछ। 

समूह बीको अर्को खेलमा श्रीलंका र काजकिस्तान दिउँसो साढे १२ बजे भिड्ने छन्।

आजको अन्तिम खेलमा उज्वेकिस्तान र मालदिभ्स साँझ साढे ६ बजे प्रतिस्पर्धा गर्ने छन्।