Breaking

नीति तथा कार्यक्रममाथि सदनमा जुहारी, ओलीमाथि खनिए माधव, योगेशको बोलीमा देवेन्द्र फायर


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संसदको दुबै सदनमा प्रस्तुत गरेको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले छलफल गर्ने क्रम जारी छ । ३ दिनसम्म चल्ने छलफलमा अहिले सम्म भाग लिएका सांसदहरु मध्ये सत्ता पक्षले नीति तथा कार्यक्रमको बचाउ गरिरहेका छन् भने प्रतिपक्षी सांसदहरुले खुलेरै आलोचना गरिरहेका छन् । सोमबारको बैठकमा पनि एमाले र राप्रपाका सांसदहरुले पुनर्लेखनको माग गरे भने माओवादी केन्द्र र कांग्रेसका सांसदहरुले पुनर्लेखन हुन नसक्ने जवाप फर्काए ।

आगामि आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक भएको प्रतिवेदन बारे प्रनिधिसभा बैठकमा सोमबार पनि छलफल भयो । गएको जेठ ५ गते सार्वजनिक भएको नीति तथा कार्यक्रममा थिछलफलमा सहभागी सांसदहरु सोमबारको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष कित्तामा विभाजित भए । बैठकमा सहभागी सत्ता पक्षका सांसदहरु नीति तथा कार्यक्रमको पक्षमा उभिए भने प्रतिपक्ष कित्तामा रहेका सांसद चर्को आलोचना गर्न पछि परेनन् । बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ्निति तथा कार्यक्रममा जन युद्ध भन्ने शब्द परेकोमा आपत्ती जनाए ।

भट्टराईलाई जवाफदिँदै नेकपामाओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जनयुद्धमाछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्धभएको बताए । मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोषपल्टाएर हेर्नसमेत उनले आग्रह गरे । जनयुद्धजनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधानबनाउनको निम्तिलडेको रआफु हजार पटकआँखाजुधाएर वहशगर्न तयार रहेको सांसद पौडेलले बताए ।

नीति तथा कार्यक्रममा जन युद्ध शब्द राखेकोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि चित्त बुझेको छैन । जुनयुद्धनीति तथा कार्यक्रममा लेखियो भनेर आत्म र तिमा नरम्न उनको सरकारलाई आग्रह छ । बैठकमा उनले जनयुद्ध शब्द समावेश भएकोमा आलोचना मात्रै गरेनन्, नीति तथा कार्यक्रम नै पुनर्लेखन गर्नुपर्ने तर्क गरे । यस अघि आईतबारको बैठकमा नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले पनि नीति तथा कार्यक्रमलाई स्वीकार गर्न नसक्ने भन्दै पुनर्लेखन गर्न माग गरेका थिए । प्रतिपक्षकित्तामा रहेका राप्रपा अध्यक्ष लिङ्देनले पनि ओलीकै बोलीमा लोली मिलाउँदै पुनर्लेखनको माग गरेका हुन् । सत्ता पक्षको बहुमत भएकाले नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने उनको तर्क थियो ।

तर, सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार सरकारले ल्याएको नीतितथाकार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउँछन् । आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै उनले पुनर्लेखन हालसम्म पनि नभएको र नहुने बताए । सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको उनले दाबी गरे ।

सोमबारको प्रतिनिधिसभा बैठकमाबोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा धवकुामार नेपालले एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको आरोप लगाए । उनले सरकारले ल्याएको नीतितथाकार्यक्रमको बचाउमात्रै गरेनन्, भ्रष्टचारको जालोलाई तोडने कामगर्न प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डलाई सुझावसमेत दिए । तर, राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) भने नीतितथाकार्यक्रमहुबहु पारित गर्नुपर्ने याखारेज नै गर्नुपर्ने पक्षमा छैन ।

सत्तापक्षका सांसद बहुमतको आडमापास गर्ने र एमाले राप्रपासहितका सांसद यो नीति तथा कार्यक्रम नै पास हुनन सक्ने र पुनर्लेखन गर्नुपर्ने पक्षमाउभिँदा रास्वपा सांसद एवम् पार्टी उपाध्यक्षडीपीअर्याल केहीबुँदाहरु सच्याएर त्यहिअनुसार कार्यन्वय नगर्न सके यो नीति तथा कार्यक्रमले जनहितमा काम गर्न सक्ने बताउँछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते शुक्रबार दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथ ाकार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो । आईतबार देखि सुरु भएको छलफल मंगलबारसम्म चल्नेछ । ३ दिन सम्मको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ९ गते मंगलबार जवाफदिने कार्य सूची रहेको छ ।