Breaking

पार्टी नै फुट्दा पनि ओली–माधव बाझ्न छाडेन्न, सडकदेखि सदनसम्मै यसरी भिड्दै छन्


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच हुने घोचपेच आरोप–प्रत्यारोप तुच्छस्तरका हुन् । एमाले विभाजनपछि सुरु भएको यो शृङखलाले निरन्तरता पाई नै रहेको छ । सार्वजनिक मञ्चदेखि सदनको रोष्टममा समेत एकले अर्कालाई खुल्याउन उनीहरु तल्लो स्तरका शब्द प्रयोग गर्न पनि पछि पर्दैनन्। सरकारको नीति कार्यक्रममाथीको छलफलमा समेत ओली–माधवको घोचपेचले निरन्तरता पायो । झन्डै तीन दशक लामो राजनीतिक सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओली र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल एमाले विभाजनसँगै एक–अर्काप्रति विष वमन गर्न कनै मौका छोड्दैन भन्दा फरक पर्दैन ।

साना–ठुला सबै सार्वजनिक मञ्चमा एकले अर्कालाई गिराउन छाड्दैनन् । सरकारले आगामि आथिएक वर्षका लागि गएको शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई नीति तथा कार्यक्रम पटक्कै मन परेन । आइतवार नीति तथा कार्यक्रममाथीको छलफलमा आफ्नो कुरा राख्दै ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न आग्रह गरे । यदि नीति तथा कार्यक्रम पुनर्लेखन नहुँने हो भने पारित नै गर्न नलिने उनको चेतावनी थियो ।

ओलीले बोलेको भोलिपल्ट नीति तथा कार्यक्रमको बचाउ गर्दै नेकपा एकीकृत समावादीका अध्यक्ष माधव कुमार नेपालले मुखभरीको जवाफ फर्काए । यो नीति तथा कार्यक्रम कागजको खोष्टो मात्रै नभएको र यसले देशको समस्यालाई पहिचान गरेको बताए । उनले ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको आरोप समेत लगाए ।

आईतबारको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनप्रति पनि आक्रोश पोखे । उनले सत्ता गठबन्धनकै फेरो समातेर माधव नेपाल अघि बढेको आशयको अभिव्यक्तिसमेत दिए । सरकारले जग्गा अधिग्रहणवारे अनुसन्धानको मुद्धा दायारजस्ता विषयमा नीति तथा कार्यक्रममा समावेश नगरेको उल्लेख गर्दै उनले बैठकमा प्रश्न गरे, – प्रधानमन्त्री ज्यूले गठबन्धन यसकै लागि फेरेको हो ?

सत्ता गठबन्धनबारे ओलीको आक्रोशको जवाफमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो नेतृत्वमा बनिसकेको सरकार किन हातबाट फुत्क्यो ? भनेर प्रश्न गरे । ओली सरकारको पालामा भएका गतिविधिहरुबारे टिप्पणी गर्दै उनले अरुलाई घोचपेच गर्ने, सत्तोसराप गर्ने प्रवृत्ति त्याग्नसमेत भने । आफुलाई सर्वज्ञानी ठान्ने र अरुलाई अबमुल्यन गर्ने प्रवृत्ति सच्याउन रोस्टमबाटै माधव नेपालले चेतावनी दिए ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालमा प्रचण्ड कित्तातिर रहेका माधव नेपाल सर्वोच्चको आदेशले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै एमालेसँग विद्रोह गर्ने ठाउँमा पुगे । पहिलेदेखि नै एकले अर्काको पहिचान नस्वीकार्ने उनीहरुबीच सार्वजनिक मञ्चदेखि सदनसम्म नै आरोप–प्रत्यारोप चल्दै आएको छ । राष्ट्रपति निर्वाचनताका एक–अर्काको समर्थन वा सहयोगका लागि केहि सकरात्मक प्रयासको संकेत देखिएपनि उनीहरुबीचको कटाक्षले झन तितmक्ता बढ्दो छ ।