देश

हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले ग¥यो ३४ खेन्पोलाई सम्मान


काठमाडौँ — बौद्ध दर्शनमा विद्यावारिधी अर्थात खेन्पो हासिल गरेका ३४ जनालाई सम्मान गरिएको छ । करिव २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेर खेन्पो उपाधि पाएका लामाहरूलाई हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले आइतबार मैसुर नम्डोलिङ गोन्पाका प्रमुख लामा ग्याङखाङ रिन्पोछेको प्रमुख अतिथ्यमा भव्य कार्यक्रम गरी सम्मान गरिएको हो ।

कठोर तपस्या र अध्ययनबाट बुद्धको नीति अंगिकार गर्दै सांसारिक मोह त्याग गरी प्राणीको हित र विश्व शान्ति तथा बुद्ध दर्शनबारे ज्ञान दिनसक्के व्यक्तिहरुलाई खेन्पो उपाधि प्रदान गरिन्छ । खेन्पो अध्ययन लामो समयको त्याग र तपस्याबाट प्राप्त उपाधि भएकाले यसलाई जोगाउन र बुद्ध धर्मको प्रवद्र्धन र विस्तारका लागि सम्मानले हौसला प्रदान गर्ने कार्यक्रमका प्रमुख अतिथि ग्याङखाङ रिन्पोछेको विश्वास छ ।

बुद्ध दर्शन असल जीवन पद्धति रहेकाले शिक्षा प्रणालीसँग जोड्नुपर्ने आवाज उठ्दै आएको छ । परोपकारी काम अघि बढाउन खेन्पो गुरुको योगदान महत्वपूर्ण रहँदै आएको छ । परोपकारी काममा खेन्पो गुरुहरूको निरन्तर साथ र सहयोग रहिरने पूर्वसांसद जीपछिरिङ लामाको विश्वास छ ।

बौद्ध धर्मसम्बन्धि विषयमा विद्यावारिधी गरेर समग्र नेपालकै बौद्ध धर्मावलम्बीहरूको इज्जत खेन्पो गुरुको भनाइ छ । बौद्ध विद्यावारिधी गरिसकेपछि सरकारी मान्यताअनुसार बौद्ध दर्शनसम्बन्धि विद्यालय सञ्चालन गर्न पाउँछन । शेर्पा सेवा केन्द्रका अध्यक्ष गेल्जेन लामा बौद्धमार्गीका लागि खेन्पो उपाधि हाँसिल गर्नु ठूलो उपलव्धि भएको बताउँछन् ।

बौद्ध धर्मावलम्बीहरुले बुद्धका अनुयायी अर्थात भिक्षु भिक्षुनीहरुलाई अत्यन्तै श्रदापूर्वक सम्मान गर्ने गर्छन । बौद्ध धर्मका मानिसको जन्मदेखि मृत्युसम्म सम्पुर्ण कार्यमा लामाहरूको महत्वपूर्ण भूमिका रहन्छ । सामान्यतया मानिसहरूले रातो वस्त्र लगाएका सबै भिक्षु भिक्षुनीहरूलाई लामा भन्ने गरे पनि लामाहरुको पनि आ—आफ्नो अध्ययन, ध्यान र पदीय जिम्मेवारीका अनुसार छुट्टाछुट्टै महत्व रहेको हुन्छ । यसमध्ये पनि खेन्पो अध्ययनलाई निकै महत्वपूर्ण मानिन्छ ।

सांसारिक मोह त्यागेर लामो समयको त्याग, तपस्या र अध्ययनबाट मात्रै लामाहरुले खेन्पो उपाधि प्राप्त गर्न सक्छन । २०७३ सालमा स्थापना भएको हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले लोप हुँदै गएको सांस्कृतिक पक्षलाई संरक्षण गर्न विभिन्न गतिविधिहरु गर्दै आएको छ ।