Breaking

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल जारी


काठमाडौँ – आर्थिक वर्ष २०८०/०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज पनि जारी रहने भएको छ ।

त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो ।