Breaking

पहाडी भेगमा वर्षा, तराई क्षेत्रमा हावाहुरीको सम्भावना


काठमाडौँ – आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला भने पहाडी भेगमा मौसम आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। मौसम महाशाखाले आगामी २४ घण्टा का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

त्यसमा भनिएको छ – कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।