Breaking

सदनमा ओली–प्रचण्डको टकराव, नीति तथा कार्यक्रमलाई ओलीले उडाए


काठमाडौँ — नीति तथा कार्यक्रममा छलफल गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली आइतवार सदनमा आक्रमक रुपमा प्रस्तुत भए । झन्डै दुई घण्टा सम्बोधन गरेका ओलीले सरकारको नीति तथा कार्यक्रमदेखि भुटानी शरणार्थीसम्म सत्ता गठबन्धनलाई गाली गर्नमै खर्चिए । जेठ चारमा विशेष खुलाशा गर्ने भनेका ओलीको आइतवारको सम्बोधन सस्तो राजनीतिक आक्षेप भन्दा माथी जान सकेन । नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ चार गते सदनमा विशेष खुलासा गर्ने भन्दै डंका पिटेका एमाले अध्यक्ष के.पी शर्मा ओली विहिवार सदनमा उपस्थित समेत भएनन् ।

चौथो दिन आइतवार सरकारको नीति तथा कार्यक्रममाथीको छलफलमा सहभागी हुन टुप्लुक्क संसद पुगेका ओलीले झन्डै डेढ घण्टा सम्बोधन गरे । तर भुटानी शरणार्थी प्रकरणमा विशेष भण्डाफेर गर्ने उदघोष गरेका ओलीको सम्बोधन फुस्स भयो । आफुले विगतमा गरेका केहि कामको आत्मप्रसंसा बाहेक अरु केही फुत्केन । बरु उल्टै खुलेआम आफ्नो मान्छेको बचाउमा उत्रिए । निर्दाेष लाई सफाउन खोजेको भन्दै सरकारको आलोचना गरिरहे ।

सरकारको नीति तथा कार्यक्रम ओलीलाई पटक्कै मन परेन, र अर्थहिन लाग्यो । सरकारको नीति तथा कार्यक्रमको बुँदा बुँदामा गठबन्धनको व्यङग्य मात्र गरेन्न् नीति तथा कार्यक्रम नै फिर्ता लिन आग्रह गरे । बरु पुर्नलेखन गर्न विपक्षी दलको नाताले समय दिने उद्घोष नै गरे । नीति तथा कार्यक्रममा समर्थन नगर्न रोष्टमबाटै अपिल गरे ।

प्रमुख प्रतिपक्षलाई सरकारको नीति तथा कार्यक्रममा योजनाविहिन, उदेश्य विहिन, गन्तव्य विहिन लाग्यो । सरकारको नीति तथा कार्यक्रममाथी टेकेर ओलीले प्रचण्ड सरकारलाई सविस्तार खुल्याई रहे । मुलुकको अर्थतन्त्र धोस्त पार्ने गठबन्धन, छिमेकीसँगको सम्बन्ध परराष्ट्र मामिलामा र कुटनीतिमा अपरिपक्वता, पूर्वधार विकास दुरगामी योजना, ठुला भ्रष्टचारको अनुसन्धान सबैमा प्रचण्ड सरकारमाथी ओली खनिएका छन ।

गठबन्धनले देशको परिस्थति नै बुझ्न नसकेको,उत्साह सृजना गर्न नसकेको दावी गर्दै भन्दै नीति तथा कार्यक्रमले जनता अल्मल्याउन खोजेको हो भन्दै प्रश्न गरे । मुलुकको घट्दो आर्थिक वृद्धिदर र अर्थतन्त्रप्रति अत्तालिएका ओलीले गठबन्धन अर्थतन्त्र धोस्त बनाउन लागेको आरोप ओलीको छ । यता सत्तारुढ दलका सांसदहरुले सरकारको बचाउ गरेको छ । नीति तथा कार्यक्रम प्रतिपक्षले टिप्पणी गरेझै नभएको दावी गरेका छन ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय नै गरिसकेको छ । आफ्नो पालामा घरघरमा ग्यास चुला र पानी जहाजको ल्याउने नीति तथा कार्यक्रमले आफैलाई प्रश्न तेर्साई रहेका बेला ओलीलाई अहिलेको नीति तथा कार्यक्रम दुरगामी नलाग्नु स्वाभाविक छ । सदनबाट पारित हुनुपर्ने हरेक विषयमा सत्तापक्ष र प्रतिपक्षको नोकझोक, प्रतिपक्षले अट्को थाप्नु नियमित प्रक्रिया जस्तो बनेको छ र तीनै बुँदाहरु बार्गेनिङ गर्ने विषय समेत बन्दै आएको छ ।