Breaking

अमेरिकाले नेपाल हस्तक्षेप बढायो, भारत–चीन भन्दा अमेरिकाको चर्काे सक्रियता किन ?


काठमाडौँ — मुलुकमा संसदीय निर्वाचनसँगै नयाँ सरकार गठनपछिदुई छिमेरीकी मुलुकभारत र चीनको मात्र होइन, शक्ति राष्ट्र अमेरिकाको पनि चासो बढेको छ । यस अघि आर्थिक सहयोगीको रुपमा मात्रै रहेको अमेरिका बिस्तारै राजनीतिक राजनीतिक हस्तक्षेपतर्फ पनि बढेको छ । नेपाली भूराजनीतिमा दुई छिमेकी मुलुक चीन र भारत हावी हुनु सामान्य नै जस्तो भइसकेको अवस्थामा अहिले अमेरिकी हस्तक्षेपकारी भुमिकापनिबढ्दै गएको छ ।

सदनबाट एमसीसी पारित गराउने देखि आम निर्वाचन लगत्तै अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आउने क्रमले पनि नेपालप्रति अमेरिकी चासो बढ्दै भएको पुष्टिहुन्छ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भए यता राजनीतिकमा मिला सम्बन्धी अमेरिकी उप विदेश मन्त्री भिक्टोरिया नुल्याण्ड र अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावरको चरणबद्ध उच्चस्तरीय भ्रमण भएका थिए ।

अझ अहिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिए पछि पनि शक्ति राष्ट्र अमेरिकको चासो बढेको प्रधानमन्त्री पुष्पकमल दाहालले नै बताएका छन् । सदनबाट नै एमसीसी पास भए पनि कार्यान्वयनमा समस्याआउने जस्तो देखिए पछि जग्गा अधिग्रहणगर्न सहजीकरणका लागि परियाजनालाई समयमा नै टुंग्याउन गृहमन्त्रीसँग छलफल पनि भएको छ । एमसीसीका उपाध्यक्ष जोनाथनब्रुक्स र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शनिबार भेटवार्ता नै भएको थियो ।

नेपालमा हिन्दु धर्मको वकालत गर्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भारतीय जनता पार्टी सम्बद्ध धार्मिक समूहले हिन्दु राज्यको समर्थनमा बोल्न भन्दै पैसा दिएको र आर्थिक चलखेल गरेको प्रतिवेदन नै निकाल्यो । परिणामत राप्रपालाई त्यसको खण्डनबाध्य नै बनायो ।

इण्डो प्यासिफिक रणनीतिमार्फत मात्रै नेपालमा चासो राख्ने अमेरिका एमसीसी पास पछि भने प्रत्यक्ष रुपमा नै जेडिएको छ । आर्थिक सहयोगीको रुपमामात्रै हेर्ने अमेरिकाले अब भने राजनीतिक रुपमा नै नेपालमाप्रवेश गरिसकेको विज्ञबताउँछन् । पुराना राजनीतिक शक्तिको विकल्पमा अमेरिकाले नेपालमा नयाँ राजनीतिक शक्तिलाई जन्म दिइसकेको र पुरानै पार्टीका पनि तेस्रो पुस्तालाई हतियार बनाएको विज्ञको दावी छ ।

एसियासँगै दक्षिण एसियामा पनि चीनको बढ्दै गएको प्रभावबाट अमेरिका सशंकित छ । त्यसैले अमेरिका नेपाललाई सुक्ष्म व्यवस्थापन गर्न तर्फ लागेको छ । नेपालमा चीनले खेल्न सक्ने भयले सामरिक हिसाबले नै अमेरिका नेपाललाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । यस अघि चीनले नेपालमा खेल्न खोज्दा भारत देखाउने, भारतले खेल्न खोज्दा चीन देखाउने र दुवैले खेल्न खोज्दा अमेरिका देखाउने नेपालले नीतिलिँदै आएको थियो । तर, अब अमेरिकाले नै प्रत्यक्ष रुपमा हस्तक्षेप गरिरहँदा नेपाल थप अर्काे एक देशको चेपुवामा पर्दै गएको छ ।