काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेर स्पष्ट नभएको बताएको छ । न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अर्को पत्र ल्याउन आदेश भएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ ।
उक्त वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्बन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको हो । साथै गौशाला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएकाले स्थानीय तह र अस्पताल दुवै ठाउँबाट फेरि अर्को पत्र ल्याउन आदेश भएको प्रवक्ता दाहालले जानकारी दिए ।
प्रतिक्रिया