Breaking

बागमती प्रदेशका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ — बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।

बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।