Breaking

बास्कोटाको प्रश्न : काभ्रेका यानप्रसाद गौतम र राजु भुजेल सहिद कि गद्दार ?


काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले आफ्नो जिल्लाका यानप्रसाद गौतम र राजु भुजेलबारे संसदबाट प्रश्न गरेका छन् ।

आफ्नो गृहजिल्लाका पूर्वमाओवादी नेता गौतम र भूजेल सहिद हो कि गद्दार हो ? भन्दै सांसद बास्कोटाले प्रश्न गरेका छन् । ‘सरकारले झण्डै ६र७ हजार मान्छेलाई सहिदको सूची निकाल्यो । मेरो जिल्लाका पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्धार होरु राजु भूजेल सहिद हो कि गद्दार हो ? ’संसदको शून्य समयमा बोल्दै बास्कोटाले भने, ‘यसको जवाफ चाहियो । न राज्य जिम्मा लिन्छ न तत्कालिन विद्रोही । यो कसरी निकालियो यो प्रश्न छ ।’

उनले पहिला विद्रोहीले धराप थाप्ने भएको भएपनि अहिले सरकारले धराप थापेको पनि बताए । ‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो । २ सय ५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ । यसको प्रबन्ध गरोस्, या त काम गराओस्,’ बास्कोटाले भने ।

साथै, उनले शनिबार आएको हावाहुरी र पानीले सयौं बिगा रोपनीमा लगाएको किसानको अन्नबाली नष्ट भएको भन्दै त्यहाँ बाली बीमा गर्न माग गरेका छन् ।

‘हिजो पाँचखाल नगरपालिकामा परेको पानीले सयौं बिगा रोपनीमा लगाएको किसानको अन्नबाली नष्ट भएको छ। दशौं करोडको क्षति भएको छ। बाली बीमा गरियोस् वा तटबन्धको प्रबन्ध गरियोस्,’ सांसद बास्कोटाले भने ।