Breaking

प्रचण्डलाई ओलीको कटाक्ष : दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बनाएपछि पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै जनताले नीति तथा कार्यक्रमकै आधारमा सरकार गन्तव्य हेरेको हुने बताए ।

उनले भने,‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो । एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू । भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो । मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ रु मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’