Breaking

पत्रकारको न्यूनतम पारिश्रमिक बढाएर ३४ हजार बनाउन सिफारिस


काठमाडौँ — पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरिएको हो ।

मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठठकमा लाने बताएकी छिन् । ‘मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माको भनाई उदृत गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले बताए ।

यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि उक्त सिफारिस अनुसार पारिश्रमिक तोकिने छ । यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो ।