Breaking

जनमत पार्टीले जनप्रतिनिधिबारे जनमत संग्रह गर्ने


काठमाडौँ – जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।

अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिएका हुन् ।

मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् । ‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन रु’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताएका छन् । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउनेछन् ।