Breaking

बेपत्ता योद्धा स्मृति दिवस मनाइँदै, प्रधानमन्त्री सहभागी हुने


काठमाडौँ – आज (७ जेठ) बेपत्ता योद्धा स्मृति दिवस मनाइँदै छ । बेपत्ता पारिएका व्यक्तिहरूको सम्मानमा बेपत्ता योद्धा परिवारले आइतबार दिउँसो १२ राष्ट्रिय नाचघर जमलमा कार्यक्रम आयोजना गरेको छ ।

स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन् । २०५६ जेठ ७ गते जनयुद्धरत तत्कालिन नेकपा (माओवादी) का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने (दीपेन्द्र शर्मा) लाई प्रहरीले काठमाडौँको टेबहाल सुन्धाराबाट पक्राउ गरेको थियो ।

उनी जनादेश साप्ताहिकका नियमित स्तम्भकारसमेत थिए । उनीसहित जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, कमरेड नविन गौतम र कमला शर्मा पनि पक्राउ परेका थिए । बेपत्ताहरुको गिरफ्तारबारे राज्यले अहिलेसम्म पनि अवस्था सार्वजनिक गरेको छैन ।