Breaking

हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव


काठमाडौँ – आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा तथा १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ।

‘आज अपराह्न काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

यस्तै आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।