Breaking

जसपाको विधान मस्यौदा समितिको बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को विधान मस्यौदा समितिको बैठक बसिरहेको छ।

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाका विषयमा पार्टीका विभिन्न समिति र संगठनबाट प्राप्त सुझावमा केन्द्रित रहेको जसपाले जनाएको छ।
जसपाको विधान अधिवेशन आगामी असार ९, १० र ११ गते गर्ने तयारी छ। विधान अधिवेशनमा विभिन्न समिति र संगठबाट गरी ७ सय ७८ प्रतिनिधि सहभागी हुने जसपाको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ।