Breaking

आगामी भारत भ्रमण ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आगामी भारत भ्रमण ऐतिहासिक हुने दाबी गरेका छन्।

निश्चित मिति तय भइनसकेको भए पनि प्रधानमन्त्री यही जेठ १७ गते भारत भ्रमणमा जानेगरी परराष्ट्र मन्त्रालयले तयारी थालेको छ।
आज ९शनिबार० बिहान कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित कान्तिपुर हाफ म्याराथनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण विशेष हुने दाबी गरेका हुन्।

‘आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धका दृष्टिकोणले नेपाल र भारतको सम्बन्ध विशिष्ट छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने छ।’