Breaking

बालेनको शिक्षा मोह, सीप सिक्दै विद्यार्थी, कस्तो छ त पुस्तकविहीन कक्षा ?


काठमाडौँ — काठमाडौ महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले शुक्रवारको प्रतिक्षा गर्छन । महानगरले सञ्चालन गरेको शिक्षामा सीप कार्यक्रमले विद्यार्थीहरुको शिक्षा र सिकाईमा नयाँ आयाम थपिदिएको छ । महानगर प्रमुख बालेन शाहले निरीक्षण गरेको ठ्याक्कै एक सातापछि काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सुरुवात गरेको पुस्तक विहिन शुक्रबार, शिक्षामा सीप कार्यक्रमवारे बुझ्न हामी महानगरभित्रका केहि विद्यालयमा पुग्यौं ।

शुक्रवार मध्यन्हतिर बौद्ध महाँकालमा रहेको श्री जनकल्याण माध्यामिक विद्यालय पुग्दा त्यहाँ विद्यालय प्राङगण सुनसान थिए भने कक्षाकोठा भरिभराउ थियो । शिक्षक÷शिक्षिकाको उपस्थितिमा यी विद्यार्थीहरु कोहि मेरो शीर्षकमा,कोहि देश विकासमा युवाको भूमिका त कोहि प्राकृतिक सम्पदा संरक्षणमा मेरो भूमिका विषयमा निवन्ध लेख्न व्यस्त थिए । नेपाली विषय अन्तरर्गत पाठ्यन्तर गर्दै यो साता कक्षाअनुसार फरक–फरक विषयमा निबन्ध लेख्दै थिए । विद्यालयकै अर्को भवनमा तालिमका लागि छनोट भएका कक्षा ९ का विद्यार्थीहरु आफ्नो रुचि अनुसार कोहि पाककला त कोहि सौन्दर्य कला (व्युटिसियन) तालिम लिईरहेका थिए । विद्यालयमा परिवर्तन भएको सिकाईको अध्ययनले विद्यार्थीहरु उत्साहित छ भने अध्ययनपछि स्वरोजगार बन्ने योजना समेत बुन्न थालिसकेका छन ।

मध्य बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि विषयगत कक्षा लिईरहेका थिए । तर नियमित भन्दा फरक शैलीमा । संधै पुस्तक, कापी कलम अगाडि राखेर हिसाव गर्ने विद्यार्थीहरु शुक्रवार चाँहि धागो सियोको सहयोगमा सानो सानो पाइप प्रयोग गर्दै त्रिभूज बनाईरहेका थिए । गणितको सुत्र व्यवहारिक रुपमा प्रयोग गर्न सिक्दै थिए । तालिममा सहभागी त उत्साहित छन् नै नियमित कक्षामा मात्र सहभागी विद्यार्थीहरुका लागि पनि शुक्रवार खास बन्ने गरेको छ ।

रत्नराज्य मा.विमा पनि पाककला, सौन्दर्य कला (व्युटिसियन), विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल) विधामा कक्षा ९ का ९० जना विद्यार्थीले तालिम लिएका विद्यालयले जनाएको छ । विद्यार्थीसँगै अध्यापन गराउने शिक्षक शिक्षिका समेत उत्साहित छन । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदानमा महानगरले चालेको कदम शहरानीय रहेको प्रधानध्यापकहरु बताउँछन ।

महानगरको यो कार्यक्रममार्फ प्राप्त सिकाइ र सीप संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य छ । समयअनुकूलका दक्ष जनशक्ति उत्पादनको हेतु सहित बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनपयोगी र व्यावसायिक बनाउने योजना महानगरको छ । हाल महानगरभित्रका ५६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ ।